सरकारले महँगो इन्धनको खपत घटाउने उद्देश्यसहित सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा आयातीत पेट्रोलियम पदार्थको मागप्रति भएको दबाब घट्ने, सरकारी खर्च कटौती हुने र समग्र ऊर्जा व्यवस्थापनमा सन्तुलन आउने अपेक्षा गरिएको थियो । तर, तथ्यांकले देखाएको वास्तविकताले भने नीति, उद्देश्य र व्यवहारबीचको दूरी कति गहिरो हुन सक्छ भन्ने स्पष्ट संकेत गरेको छ । नेपाल आयल निगमको पछिल्लो